पूर्व गृहमन्त्री खाणको आज पनि बयान


काठमाडौँ, २ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको आज पनि बयान लिइने भएको छ ।

गत बिहीबार पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री खाणको सोमबारबाट मात्रै विषय केन्द्रित भएर बयान सुरु भएको छ ।

सरकारी वकिल प्रमुख एवं महान्यायाधिवक्ता अच्युतमणि न्यौपानेले दिएको जानकारी अनुसार हिजोबाट सुरु भएको खाणको बयान आज पनि हुदैँछ ।

यस प्रकरणमा मुछिएपनि खाणले ’मोबाइल फरम्याट’ गरेको तथा मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागेपछि सोमबारबाट मात्रै प्रहरीले उनको बयान सुरु गरिएको थियो ।

आरोपमा मुछिएका केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाणको पनि संलग्नता रहेको आरोप छ । मन्त्री रहदाँ खाणलाई मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुयैँया दिएको बयान दिए पछि यस प्रकरणमा उनी तानिएका हुन् ।

यसका साथै तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफूले काम कारबाही अघि बढाएको बयान दिएपछि खाणलाई पक्राउ गरी हिरासतमा प्रहरीले लिएको हो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार