लिभरपुल विजयी


काठमाडौं, २ जेठ । प्रिमियर लिगमा लिभरपुल विजयी भएको छ ।

लिभरपुलले लेस्टर सिटीलाई ३–० ले पराजित गरेको हो ।

गएराति भएको यस जितपछि लिभरपुलले शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई जिवितै राखेको छ ।

लेस्टरको मैदानमा भएको खेलमा लिभरपुलका लागि कर्टिस जोन्सले दुई तथा अलेक्जान्डर आर्नोल्डले दुई गोल गरेको थियो । भने कर्टिस जोन्सले पहिलो होमा ३३औं र ३६औं मिनेटमा गोल गरे ।

अलेक्जान्डर आर्नोल्डले ७१औं मिनेटमा गोल गरेका थिए भने तीन गोलका लागि मोहमद सलाहले असिस्ट गरेका थिए ।

यस जितपछि लिभरपुल ३६ खेलबाट ६५ अंक जोडेर पाँचौ स्थानमै कायम रहेको छ । लिभरपुलले तेस्रो स्थानको न्युकासल र चौथो स्थानको म्यानचेष्टर युनाइटेडसँग अंक दुरी एकमा भने झारेको छ ।

शीर्ष चारमा पर्ने होडमा न्युकासल, युनाइटेड र लिभरपुलसँगै ब्राइटन पनि रहेको छ । ३४ खेलबाट ५८ अंक जोडेको ब्राइटन छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार