रायमाझीविरुद्ध नाराबाजी गर्ने एक महिलालाई प्रहरीले समात्यो


काठमाडौं, १ जेठ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध नाराबाजी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

काठमाडौँ जिल्ला अदालत परिसरमा नाराबाजी गरेपछि प्रहरीले तारा बराल नामक एक महिलालाई पक्राउ गरेको हो ।

सोमबार जिल्ला अदालतमा म्याद थपका लागि रायमाझीलाई उपस्थित गराउँदा उनीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले बराललाई पक्राउ गरेको बताइएको छ ।

बरालले ‘भ्रष्टाचारी मुर्दावाद’ भनेर नारा लगाएकी थिइन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार