काठमाडौं, १ जेठ । बार्सिलोनाले स्पानिस ला लिगाको उपाधि जितेको छ ।
आइतबार राति भएको क्याटलान डर्बीमा स्पानयोललाई ४–२ ले पराजित गर्दै बार्सिलोना च्याम्पियन बनेको हो । बार्सिलोनाले चार खेलअगावै जितेको हो ।
३४ खेलबाट बार्सिलोना ८५ अंक जोडेको शीर्ष स्थानमा छ भने समान खेलबाट रियल ७१ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
अब बार्सिलोनाले बाँकी खेल हार्दासमेत रियलले भेट्ने छैन । अब १२ अंकका लागि खेल्न बाँकी हुँदा बार्सिलोनाले १४ अंकको अग्रता बनाएको छ ।
बार्सिलोनाले सन् २०१९ पछि पहिलो पटक ला लिगाको उपाधि जितेको छ । क्लबकै पूर्वखेलाडी जाभी प्रशिक्षक बनेपछि बार्सिलोनाले पहिलो पटकमै उपाधि जित्न सफल भएको हो ।
बार्सिलोनाको लागि रोबर्ट लेवान्डोस्कीले दुई तथा अलेजान्द्रो बाल्डे र जुल्स कोउन्डेले एक\एक गोल गरेका थिए ।


