परिणिती चोपडा र सांसद राघव चड्डाले गरे इन्गेजमेन्ट


काठमाडौं, ३१ बैशाख । बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका सांसद राघव चड्डाबीच इन्गेजमेन्ट भएको छ । यस इन्गेजमेन्ट समारोहमा भारतीय राजनीतिज्ञदेखि सेलिव्रिटी सहभागि भएका थिए ।

भारतको दिल्ली स्थित इन्डिया गेट नजिकको कपुरथला हाउसमा इन्गेजमेन्ट समारोह भएको थियो । बहिनीको टीकाटालोमा भाग लिन अभिनेत्री प्रियंका चोपडा समेत अमेरिकादेखि आइपुगेकी थिइन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जावका मुख्यमन्त्री भागवत मन, राजनीतिज्ञहरु कपिल सिब्बल, पि चितरम्बरम, प्रियंका चतुर्वेदी, आदित्य ठाकरे लगायत सहभागि भएका थिए । डेढसय जनालाई समारोहमा निम्तो गरिएको भारतीय संचारमाध्यमले जनाएको छ ।

इन्गेजमेन्टका लागि राघवले पवन सचदेवको डिजाइन लगाएका थिए भने परिणितीले मनिष मलहोत्राको डिजाइन पहिरिइन् ।

यी दुबैले लण्डन स्कुल अफ इकोनोमिक्समा सँगसँगै अध्ययन गरेका थिए । केही समयदेखि नै यी दुईबीचको अफेयर बारे हल्ला चलिरहेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार