शीर्षस्थानका लागि पकड बनाउँदै म्यानचेष्टर युनाइटेड


काठमाडौं, ३१ बैशाख । शीर्षस्थानका लागि म्यानचेष्टर युनाइटेडले आफ्नो पकड बनाउँदै प्रिमियर लिगमा शनिबार राति वल्भ्सलाई २–० ले पराजित गरेको छ । यस जितपछि युनाइटेडले शीर्ष चारमा पुग्ने सम्भावना बलियो बनेको छ ।

लगातार दुई हारपछि युनाइटेडले जित हात पार्न सफल भएको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि एन्टोनी मार्सियलले ३२औं र अलेजान्द्र गार्नाचोले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरेका थिए ।

तेस्रो स्थानको न्युकासल युनाइटेड लिड्ससँग २–२ को बराबरीमा रोकिँदा पनि युनाइटेडलाई फाइदा पुगेको छ ।

३५ खेलपछि न्युकासल र म्यानचेष्टर युनाइटेडको समान ६६ अंक छ । गोलअन्तरमा न्युकासल तेस्रो र म्यानचेष्टर युनाइटेड चौथो स्थनानमा छ । लिभरपुल ६२ अंकसहित पाँचौ स्थानमा छ ।

शीर्ष चारको होडमा रहेका टोटनहम र एस्टन भिल्ला भने बाहिरिसकेका छन् ।

हाल आठौं स्थानमा रहेको ब्राइटनको पनि शीर्ष चारको सम्भावना बाँकी नै छ । ३३ खेलबाट ५५ अंक जोडेको ब्राइटनले अझै ५ खेल खेल्न बाँकी छ ।

प्रिमियर लिगको अन्य खेलमा एस्टन भिल्लाले टोटनहमलाई २– १ ले पराजित गर्दा चेल्सी नटिङहम फरेस्टसँग २–२ को बराबरीमा रोकियो ।
क्रिस्टल प्यालेसले एएफसी बर्नमाउथलाई तथा फुलहमले साउथह्याम्पटनलाई समान २–० ले हराएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार