अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर


एजेन्सी, २७ बैशाख । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याएको हो ।

अदालतको फैसलाअनुसार अब ट्रम्पले पीडितलाई क्षतिपूर्तिवाफत ५० लाख डलर दिनुपर्नेछ । एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । साथै, उनले आफ्नो मानहानीसमेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् । सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्याएको हो ।

ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोपमा भने अदालतले दोषी ठहर्याएको छैन ।

यो फैसलासँगै आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा झड्का लागेको छ । उनले भने अदालतको फैसला अपमानजनक भएको प्रतिक्रिया दिएका छन् । उनले ती महिलालाई आफूले नचिन्नेसमेत दाबी गरेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार