खाँणका स्वकीय सचिव केसी पनि पक्राउ


काठमाडौं, २७ बैशाख । प्रहरीले नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि खाँणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो प्रकरणमा प्रहरीले यसअघि पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, बिचौलियाको भूमिका निर्वाह गरेका रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरिसकेको छ ।

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार