मधेस प्रदेश सरकारको बारेमा आज टुंगो लाग्ने


जनकपुरधाम, २५ बैशाख । मधेस प्रदेश सरकारको बारेमा सत्ता गठबन्धनको बैठकले आज टुंगो लगाउने भएको छ ।

वर्तमान सत्ता गठबन्धनले जनाए अनुसार मधेस प्रदेशको सरकार गठन गर्नका लागि नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गृहकार्य थालिसकेका छन् ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले गठबन्धनले तीन (काँग्रेस, जसपा र लोसपा) दललाई मधेस सरकारको बारेमा छलफल गर्ने जिम्मेवारी दिएको र सोही अनुसार गृहकार्य भइरहेको जनाइएको छ ।

एक नेताले भने, ‘मधेस प्रदेश सरकारलगायत अन्य प्रदेशमा गठबन्धनअनुसार कसरी सरकार गठन गर्ने विषयमा छलफल हुन्छ । सम्भवतः सोमवार एउटा निष्कर्षमा पुगिएला कि ?’ उनले भने, ‘वर्तमान गठन्धनअनुसार प्रदेश सरकारको नेतृत्व पाँचवटा दलले मिलेर गर्नेछन् । सम्भव भयो भने अन्य दललाई पनि समावेश गरिनेछ ।’

मधेस प्रदेश सरकारबाट डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई नहटाउने मोटामोटी सहमति भएको छ । गठबन्धनको हित विपरीत उसले काम गरेको छ । तर छलफल गरी समझदारीमा अगाडि बढ्ने भएको उनले बताए ।

मधेस प्रदेश सरकारको नेतृत्वका लागि काँग्रेस, जसपा र लोसपा मिलेर त्यसको समाधान गरेर मधेस प्रदेशको सरकार चाँडै गठन गर्न गठबन्धनले म्याण्डेट दिएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार