शाहरुख खानको ‘जवान’ भदौ २१ मा रिलिज हुने


एजेन्सी, २४ बैशाख । शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’को नयाँ प्रदर्शन मिति फेरी तय भएको छ ।

उनले शनिबार फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मितिको घोषणा गरेका हुन् ।

यो फिल्म अब भदौ २१ गते विहिबार प्रदर्शनमा आउने भएको छ । एट्ली निर्देशित यो फिल्म घोषणा गरेदेखि नै चर्चामा रहेको छ ।

शाहरुखबाहेक नयनतारा र विजय सेतुपति समेत जोडिएपछि यो फिल्मलाई लिएर दर्शकमा चासो निकै बढेको छ ।

शाहरुख स्टारर ‘पठान’ विश्वव्यापी हिट भएपछि उनको आगामी फिल्म जवानलाई लिएर व्यापक प्रतिक्षामा रहेको छ । पठानले नेपालमा १३ करोड रुपैयाँ ग्रस कमाइ गरेको विवरण चलचित्र विकास बोर्डले सार्वजनिक गरि जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार