आईपीएल: दिल्ली क्यापिटल्स विजयी


एजेन्सी, २४ बैशाख । आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै जितेको छ ।

शनिबार राति भएको दोस्रो खेलमा दिल्लीले १८२ रनको विजय लक्ष्य १६.४ ओभरमा ३ विकेट गुमाएर भेटायो । दिल्लीको जितमा डेभिड वार्नर र फिल साल्टले ६० रनको महत्वपूर्ण साझेदारी गरे । वार्नर १४ बलमा २२ रन बनाएर आउट भए । फिलिप साल्टले अर्र्धशतक पूरा गरे । ४५ बलमा ८ चौका र ६ छक्काको मद्दतमा उनले ८७ रन बनाएका थिए ।

त्यस्तै दिल्लीको अरुण जेटली स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । बैंगलोरका लागि विराट कोहलीले ५५, कप्तान फाफ डुप्लेसीले ४५ महिपाल लोमरोरले अविजित ५४ रन बनाएका थिए । भने बलिङतर्फमा मिचेल मार्शले २ विकेट लिएका थिए ।

त्यस्तै शनिबार नै भएको पहिलो खेलमा भने चेन्नाई सुपरकिंग्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार