युक्रेनमा फस्फोरस बम प्रयोग गरेको रुसमाथि आरोप


एजेन्सी, २४ बैशाख । युक्रेनमाथि रुसले फस्फोरस बमले आक्रमण गरेको आरोप लगाएको छ ।

युक्रेनको सेनाले एक भिडियो फुटेज सार्वजनिक गर्दै आक्रमणमा फस्फोरस बम प्रयोग भएको आरोप लगाएको हो ।

भिडियोमा भयानक आगो लागेको र फसफोरस जस्तै देखिने सेतो रंगको पाउडर खसेको देखिएको युक्रेनको आरोप छ ।

सेतो फस्फोरसमा प्रतिबन्ध छैन तर आम जनतामा यसको प्रयोग गर्नु युद्ध अपराध मानिन्छ । यसमा तीव्र रुपमा आगो फैलिने भएकाले निभाउन गाह्रो हुन्छ । रुसमाथि यसअघि पनि फस्फोरस बम प्रयोग गरेको आरोप लागेको थियो ।

रुसले केही महिनायता बखमुतलाई कब्जा गर्ने प्रयासमा छन् । रुसले कब्जा गर्न नसकेका बखमुतका क्षेत्रमा आगो लगाउने हतियारको प्रयोग गरेको युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार