जनकपुरमा पोखरीमा जुम्ल्याहा बालकको मृत्यु


जनकपुरधाम, २४ बैशाख । धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ बस्नेअलिहसन अन्सारीका जुम्ल्याहा छोरा ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको हो ।

शनिबार साँझ जनकपुरधाम स्थित बसहियामा रहेको गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालकको डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बालक डुबेको खबर पाएलगत्तै प्रहरी टोली पुगेर दुवैलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको बताए ।

उनीहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको उनले बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार