शुद्धीकरण अभियानलाई सहयोग गर्दै ठाकुरद्वारा पत्रकार महासंघको सदस्यता परित्याग


जनकपुरधाम, २३ बैशाख । नेपाल पत्रकार महासंघ धनुषा शाखाका साधारण सदस्य आलोक ठाकुरले महासंघको शुद्धीकरण अभियानलाई सहयोग गर्दै महासंघको सदस्यता परित्याग गरेका छन् ।

ठाकुरले शनिबार पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष मनिका झालाई आफूले सदस्यता परित्याग गरेको पत्र बुझाएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२५ लोहना बस्ने ठाकुरले आफू पत्रकार महासंघ धनुषा शाखाको साधारण सदस्य रहेपनि विगत लामो समयदेखि पत्रकारीता पेशामा क्रियाशिल नभएकोले महासंघको सदयस्ता सुद्धिकरण अभियानको पूर्ण सार्थकतामा सहयोग गर्दै आजकै मितिदेखि लागूहुने गरी सदस्यता परित्याग गरेको पत्रमा उल्लेख गरेका छन् ।

ठाकुरलाई महासंघले स–सम्मान बिदाई गरेको छ ।

अझै थुप्रै दोहोरो भूमिकामा रहेकाहरूलाई स्वयं इमान्दारिताका साथ मार्ग प्रसस्त गरिदिन अध्यक्ष झाले आग्रह गरेकी छन् । उनले सरकारी जागिरमा रहेका, विभिन्न संघसंस्थामा आबद्ध भएका, राजनीतिक दलको कार्यकर्ता भएर बसेकाहरूलाई महासंघको यस शुद्धीकरण अभियानलाई सहयोग गर्न आग्रहसमेत गरेकी छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार