एजेन्सी, २३ बैशाख । निजी जीवनमा केही वर्षको उथलपुथलपछि अभिनेत्री एम्बर हर्ड हलिउडलाई छाडेकी छन् । उनी छोरी ओनाघ पाइगेसँगै स्पेनको म्याड्रिडमा बसाइ सरेकी छन् । डेली मेलको यो खबरलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत प्राथमिकताका साथ स्थान दिएका छन् ।
पूर्वपति समेत रहेका हलिउड अभिनेता जोनी डीप यसै महिनाको अन्त्यमा फ्रान्समा हुन लागेको कान्स फिल्म फेस्टिभलमा उपस्थित भएर ओपनिङ नाइटलाई सेलिब्रेसन गर्ने योजनाको समय सन्दर्भमा हर्ड स्पेन बसाइ सरेकी हुन् । गत वर्ष भर्जिनिया अदालतमा पूर्वपति डीपसँगको बहुचर्चित मुद्दा हारेपछि अभिनेत्री हर्ड लगभग सार्वजनिक जीवनबाट गुमनामजस्तै छिन् ।
डेलीमेलका संवाददाता एलिसन बोसोफ स्रोतलाई उध्दृत गर्दै लेख्छन्, ‘म खुलासा गर्न सक्छु कि हर्डले हलिउड छाडेर र चुपचाप आफ्नी कान्छी छोरी ओनाघसँग स्पेन बसाइँ सरेकी छन् । उनी स्पेनी भाषा राम्रोसँग बोल्न सक्छिन् र त्यहाँ खुसी छिन्, उनी छोरीलाई सबै हल्लाबाट शान्तपूर्वक हुर्काउँदै छिन् ।’
गत वर्ष ‘एक्वाम्यान’ अभिनेत्रीले अमेरिकाको क्यालिफोर्नियाको युक्का भ्यालीमा रहेको घरलाई १.१ मिलियन डलरमा बिक्री गरेकी थिइन् ।
जबकि हर्डले स्पेनमा बसाइ सर्नु प्रशंसकको लागि अचम्मको विषय बन्न सक्छ । अभिनेत्री हर्ड सार्वजनिक नजरबाट टाढा शान्त जीवन बिताउन खोजेजस्तो देखिन्छ । उनी हलिउडमा फर्कने वा नफर्कने भन्ने हेर्न बाँकी छ, तर अहिलेको लागि हर्ड स्पेनमै खुसीजस्तो देखिन्छिन् ।
पूर्वपति जोनी डीपसँग हर्डको उच्च प्रचार गरिएको मानहानी मुद्दाको झण्डै एक वर्षपछि यो कदम सार्वजनिक भएको हो । अदालतले हर्डलाई डीपलाई द वाशिंगटन पोस्टका लागि सन् २०१८ मा लेखेको एक ओप–एड लेखनमा मानहानी गरेकोमा १० मिलियन डलर क्षतिपूर्ति क्षतिपूर्ति र तीन लाख ५० हजार दण्डात्मक क्षतिपूर्तिको आदेश दिएको थियो ।


