काठमाडौं, २२ बैशाख । कलाकार जोडी वर्षा राउत र सञ्जोग कोइरालाको दाम्पत्य जीवन सधैं चर्चामै रहदैँ आएको छ ।
कहिले इन्स्टाग्रामबाट तस्वीर हटाएको कुराले होस् वा कहिले स्टोरीमा सम्बन्धबारेका स्टाटस हालेर । वर्षाले मिडियाको ध्यान तान्दै आएकी छन् ।
सम्बन्धमा खटपट आएको संकेत दिने सामाजिक सञ्जालमा उनको पोस्टले पक्कै पनि दर्शक र फ्यानलाई दुःखित तुल्याएको हुनुपर्छ । गत वर्ष सोसल मिडिया एकाउन्टबाट तस्वीर हटाएपछि सोधिएको जिज्ञासामा उनले सबै कुरा मिलिसकेको प्रष्टीकरण दिएकी थिइन् । त्यसपछि यी दुई सलोन बस्नेतको विवाहको रिसेप्सनमा एकसाथ देखिएका छन् ।
कामको कुरा गर्दा वर्षाको फिल्म ‘ऐंचो पैंचो’ भदौ २९ गते रिलिज हुने तयारीमा रहेको छ भने सञ्जोग भने फिल्मभन्दा अन्य व्यवसायमा व्यस्त रहेका छन् ।


