एजेन्सी, २० बैशाख । भारतको राष्ट्रवादी कांग्रेसका संस्थापक शरद पवारले पार्टीको अध्यक्ष पद छाड्नेसँगै चुनाव नलड्ने पनि घोषणा गरेका छन् ।
८० वर्षका पवार ६० वर्ष लामो राजनीतिक यात्राका क्रममा चार पटक महाराष्ट्रको मुख्यमन्त्री र पटकपटक केन्द्रीय मन्त्री भएका थिए ।
पद छाड्ने घोषणा गर्दै उनले पछिल्लो ६० वर्षमा आफूलाई साथ दिएकोमा खुसी व्यक्त गरेका छन् । साथै राजनीति, सामाजिक र संस्कृतिक क्षेत्रमा काम गरिरहने समेत बताए ।
उनको राज्यसभाको तीन वर्ष कार्यकाल बाँकी छ । तर अब फेरि चुनाव नलड्ने उनले बताएका छन् । उनले राष्ट्रवादी कांग्रेस पार्टीका नेताहरु रहेको एक समतिले अब पार्टीको भविष्यको रणनीति बनाउने समेत बताए ।
महाराष्ट्रका विपक्षी दलका नेता अजित पवारका अनुसार उनले १ मेमै राजीनामा दिने तयारी गरेका थिए, तर ¥यालीका कारण रोकिएका हुन् भने अब बन्ने अध्यक्षले शरद पवारकै निर्देशमा रहेका काम गर्ने उनले बताए ।
एनसीपी र कार्यकर्ताले भने पवारलाई आफ्नो घोषणा फिर्ता लिन आग्रह गरेका भारतीय सञ्चार माध्यमहरुले जनाइएका छन् ।


