काठमाडौँ, १९ बैशाख । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिदैँछन् ।
उपनिर्वाचनमा बारा– २ बाट निर्वाचित भएका जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष समेत रहेका यादवले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिने छन् ।
चितवन– २ र तनहुँ–१ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र रास्वपाकै स्वर्णिम वाग्लेले गत शुक्रबार शपथ लिएका थिए ।
शुक्रबार भएको शपथ समारोहमा अनुपस्थित रहेका कारण यादवलाई आज शपथ खुवाउन लागिएको जनाइएको छ ।


