एजेन्सी, १९ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएलमा) सोमबारको लो स्कोरिङ थ्रिलर खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले हराएको छ ।
लखनउको मैदानमा भएको खेलमा बेंगलोरले १२६ रनको लक्ष्य डिफेण्ड गर्दै सिजनको पाँचौ जित हो ।
एकना स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बेंलोरले निर्धारित २० ओभरमा १२६ रन बनाएको थियो ।
बेंगलोरका बलरले कसिलो बसिङ गरेपछि लखनउ १९.५ ओभरमा १०८ रनमै अलआउट भयो ।
लखनउका लागि कृष्नपा गौथमले सर्वाधिक २३ रन बनाउदा अमित मिश्राले १९ तथा मार्कुस स्टोइनेस र नभिन उल हकले समान १३ रन बनाए ।
बेंग्लोरका लागि जोस हेजलवुड र कर्ण शर्माले समान २ तथा मोहम्मद सिराज, ग्लेन म्याक्सवेल र वानिन्दु हसरंगाले १\१ विकेट लिए ।
त्यसअघि बेंगलोरका कप्तान फाफ डु प्लेसिसको सर्वाधिक ४४ रन बनाएका थिए । उनले ४० बल खेल्दै एक चौका र एक छक्का प्रहार गरे । विराट कोहलीले ३० बलमा ३१ रन बनाउँदा ३ चौका प्रहार गरे ।
लखनउका लागि नभिन उल हकले तीन तथा रवि बिश्नोइ र अमित मिश्राले समान २ विकेट लिए ।
बेंगलोर जितपछि ९ खेलबाट १० अंक जोड्दै पाँचौ स्थानमा पुगेको छ । चौथो हार बेहोरेको लखनउ पनि ९ खेलबाट १० अंक नै छ तर रनरेटका आधारमा तेस्रो स्थानमै रहेको छ ।
शीर्ष स्थानको गुजरात टाइटन्सको १२ अंक छ भने दोस्रो देखि छैटौं स्थानसम्मको टोलीको समान १० अंक रहेको छ ।


