काठमाडौं, १९ बैशाख । शहीद स्मारक ए डिभिजन लिग २०७९–८० को दोस्रो लेगका खेलहरु आजदेखि सुरुसँगै आजदेखि दुई खेल हुँदैछ ।
१४ क्लब सहभागी लिग यसपटक डबल राउण्ड रोविन प्रणालीका आधारमा भइरहेको छ । गत १९ फागुनदेखि सुरु भएको लिगको पहिलो लेगका खेलहरु आइतबार सकिएको थियो ।
पहिलो लिगमा अंकतालिकामा प्राप्त स्थानका आधारमा दोस्रो लेगको खेल तालिका एन्फाले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
यस अनुसार आज शीर्ष स्थानको जावलाखेल युथ क्लबले अन्तिम स्थानमा रहेको नेपाल पुलिस क्लबलसँग खेल्नेछ । यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हुने भएको छ ।
यस सिजन सानदार प्रदर्शन गरेको जावलाखेल १३ खेलबाट २४ अंक जोडेर शीर्ष स्थानमा छ । जावलाखेलले ७ खेल जित्दा ३ खेल बराबरी खेलेको थियो भने ३ खेलमा पराजित भएको थियो ।
त्यस्तै १३ खेलमा पुलिसले भने ३ खेल जित्दै जम्मा १२ अंक जोडेको छ ।
त्यस्तै दोस्रो स्थानको थ्री स्टार क्लब र १३औं स्थानको एफसी खुमलटारबीच दिउँसो ३ बजे नै च्यासल रंगशालमा खेल सुरु हुनेछ ।
१३ खेलमा ६ जितसहित थ्रीस्टारले २२ अंक जोडेको छ भने ४ खेल जितेको खुमलटारको १३ अंक रहेको छ ।


