काठमाडौं, १७ बैशाख । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा चारजना घाइते भएका छन् ।
आइतबार दिउँसो भएको उक्त घटनामा चारजना घाइते भएका हुन् ।
प्रहरीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष छन् । घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत आउन बाँकी रहेको छ ।


