आफ्नै घरमा आगो लगाउने एक व्यक्ति पक्राउ


सप्तरी, १६ बैशाख । घरायसी विवादमा श्रीमतीलाई कुटपिट गर्दै आफ्नै घरमा आगो लगाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–१ चकहा मुसहरी टोल बस्ने २७ वर्षीय रमेश सदा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शुक्रबार राति सदाले मदिरा सेवन गरी खाना माग्न जाँदा श्रीमतीसँग बादविवाद गरी कुटपिट गरेर चुल्होबाट आगो तानी आफ्नै फुसको छाना भएको घरमा आगो लगाएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार