गण्डकीमा तीन सदस्यीय मन्त्रिमण्डल विस्तार


पोखरा, १५ बैशाख । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीन सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदमा नेपाली कांग्रेसकी सरस्वती अर्याल र नेकपा माओवादी केन्द्रबाट सुशीला सिम्खडालाई मन्त्री बनाएका हुन् ।

मन्त्रीद्वय अर्याल र सिम्खडालाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराएका छन् ।

सत्तारूढ दलहरुबीच भागबण्डा नमिलेका कारण उनीहरुको मन्त्रालय तोकिएको छैन ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार