काठमाडौं, १४ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १११ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५१७ जनाको परीक्षण गर्दा सो संख्यमा संक्रमण पुष्टि भएको हो ।
७८ जनाको पिसिआर विधिबाट र ३३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएके मन्त्रालयले जनाएको छ ।
यससँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ३७८ रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


