‘काँडेतार’मा सेन्सर बोर्डको सेन्सर


काठमाडौं, १३ वैशाख । नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा असर पुग्ने भन्दै चलचित्र जाँच समितिले फिल्म ‘काँडेतार’लाई रोकेको छ । फिल्म सेन्सर बोर्डका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले दुई देशबीचको कुरा संवेदनशील भएकाले तत्काललाई रोक लगाइएको छ ।

सोमबार बेलुका फिल्मको सेन्सर भएको थियो । फिल्म हेरिसकेपछि बोर्डका पदाधिकारीले फिल्मलाई सेन्सर प्रमाणपत्र दिन अस्वीकार गरे । फिल्म सेन्सरपछि निर्माता र बोर्डका सदस्यहरुबीच यसबारे लामै कुराकानी पनि भएको थियो ।

निर्माताले यसबारे गम्भीर भएर सोच्नुपर्ने उनले बताए । उनले भने, ‘हामीले फिल्म रोकेका होइनौं । बैठक बसेर केही न केही सुुझाव त बोर्डले दिन पाइहाल्छ नि । हामीले उहाँलाई अहिले मर्यादित ढंगले प्रस्तुत गर्नुस् भनेका छौं,’ उनले भने, ‘रोक्नुस्, प्रदर्शन नगर्नुस् भनेको होइन ।’

तर निर्माता तथा निर्देशक नवल खड्काले फिल्मलाई प्रदर्शन अनुमति नदिने बोर्डको निर्णयविरुद्ध अदालत जाने बताएका छन् ।

खड्काले निर्माण र अभिनय गरेका अघिल्ला फिल्महरु भीमदत्त, दशगजा र आवाज लगायतका फिल्ममा पनि सेन्सर झमेलो खेप्नुपरेको थियो । पछिल्लो फिल्म ‘काँडेतार’को प्रदर्शन मिति घोषणा भइसकेको छैन । सेन्सर पास भएपछि मात्र मिति तय गर्ने उनले बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार