आज कतार र साउदी तथा कुवेत र बहराइनबीच खेल हुने


काठमाडौँ, ९ वैशाख । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन् ।

कीर्तिपुरस्थित खेल मैदानमा कतार र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कुवेत र बहराइनबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ ।

यस प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ’ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ’बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ ।

फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । त्यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुने जनाइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार