बार्सिलोनाको फेरि बराबरीमा


एजेन्सी, ४ वैशाख । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना आइतबार राति गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ ।

बार्सिलोनाले सबैखाले प्रतियोगितामा गोल नगरेको यो लगातार तेस्रो खेल हो ।

गेटाफेको मैदानमा भएको खेलमा राफिन्हा र अलेजान्ड्रो बाल्डेको प्रहार पोष्टमा लागेको थियो ।

बराबरीपछि पनि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ११ अंकको अग्रता बनाएको छ ।

बार्सिलोनाको २९ खेलबाट ७३ अंक छ । समान खेलबाट रियलको ६२ अक छ । गेटाफे २९ खेलबाट ३१ अंकसहित १५औं स्थानमा छ ।

ला लिगाकै अर्को खेलमा एन्टोनी ग्रीजमनको दुई गोलमा एट्लेटिको मड्रिडले अल्मेरियालाई २–१ ले पराजित गरेकोछ । ग्रीजमनले पाँचौ र ४३औ मिनेटमा गोल गरे । एट्लेटिकोकै जोस मारिया जिमिनेजले एक आत्मघाती गोल गरेका थिए ।

एट्लेटिको २९ खेलबाट ६० अंकसहित तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार