सशस्त्रका सहायक हवल्दारद्वारा आत्महत्या


दाङ, ४ वैशाख । दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–८ टिकरीका ३५ वर्षीय बसन्त केसीले डयुटीमा खटिएको बेला आइतबार साढे राति ८ बजे आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जनाएका छन् ।

गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा पाँच दिन पहिले मात्रै आएका थिए भने यसअघि उनी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार