एजेन्सी, ३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार राति भएको खेलमा पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले पराजित गरेको छ ।
सिकन्दर राजाको उत्कृष्ट प्रदर्शनमा पञ्जावले रोमाञ्चक जित निकालेको हो । म्यान अफ दि म्याच राजाले ५७ रन बनाएपछि पञ्जावले १६० रनको लक्ष्य १९.३ बलमा ८ विकेट गुमाएर पूरा ग¥यो ।
राजाले ३१ बल खेल्दै ४ चौका र तीन छक्का प्रहार गरे । माथ्यु सर्टले ३४ रन बनाए भने शाहरुख खान २३ रनमा अविजित रहे ।
लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले २\२ विकेट लिएका थिए ।


