समिति गठन गर्न दलहरूसँग सांसदको नाम माग


काठमाडौं, २७ चैत । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको समिति गठन गर्न दलहरूसँग सांसदको नाम मागेका छन् ।

सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुख घिमिरेले विषयगत संसदीय समिति गठन गर्न सदस्यका लागि दलहरूसँग सांसदको नाम मागेका हुन् ।

बुधबारसम्म समिति गठन गर्नेगरी तयारी स्वरुप सभामुख घिमिरेले सांसदको नाम मागेका हुन् । कांग्रेसको लागि अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, राज्य व्यवस्था, शिक्षा समितिमा ८ जना सांसदको सिट संख्या तोकेको छ । कृषि, महिला र पूर्वाधार विकासमा नौजना सांसदले प्रतिनिधित्व गर्नेछन् ।

एमालेका लागि शिक्षामा ७ जना र अन्य सबैमा ८ जना सिट संख्या तोकिएको छ । माओवादी केन्द्रले भने अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, कृषिमा तीनजना सांसद र अन्यमा दुईजना सांसदको सिट संख्या तोकिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तर्राष्ट्रियमा एकजना र अन्यमा दुईजनाको सिट संख्या तोकेको छ । जसपाले सबै समितिमा एकजना, जनमत पार्टीले अर्थ, उद्योग, कानुन, महिला, शिक्षा र सार्वजनिक लेखामा एकजना र लोसपाले एक सांसदले अन्तर्राष्ट्रिय, राज्य व्यवस्था र शिक्षामा प्रतिनिधित्व गर्नेछन् ।

नागरिक उन्मुक्ति पार्टीले अन्तर्राष्ट्रिय, पूर्वाधार विकास र शिक्षामा एकजना सांसदको संख्या तोकेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार