बिरेन्द्र कर्णको अध्यक्षतामा ७ सदस्यीय कराते महासंघ गठन


जनकपुरधाम, १५ फागुन । धनुषाका करातेकर्मीहरुको भेलाबाट बिरेन्द्र कर्णको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा अखिल मढी, उपाध्यक्षमा रामपुनित महतो, महासचिवमा सुभाष कुमार शर्मा र कोषाध्यक्षमा शिवशंकर यादव रहेका छन् । भने सदस्यहरुमा ईसराफुल राईन र राजकुमार साह रहेका छन् ।

यस महासंघ धनुषाको सल्लाहकारमा सुभाष पाठकलाई चयन गरिएको अध्यक्ष कर्णले जानकारी दिए ।

त्यस्तै प्रदेश प्रतिनिधिहरुमा रामचन्द्र ठाकुर, जिबछ भगत, पाल्छ्ङ योन्जन र निश्चल सिंहलाई सिफारिस गरिएको छ ।

भेलामा जिल्ला वरिष्ठ प्रशिक्षक तथा मधेश प्रदेशका प्रमुख रामचन्द्र ठाकुरको उपस्थितीमा गठन गरिएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार