एजेन्सी, १५ फागुन । स्पेनिस ला लिगाको शीर्ष स्थानमा अल्मेरिया विजयी भएको छ ।
बार्सिलोनालाई फराकिलो अन्तरले हराउँदै अल्मेरिया विजयी भएको हो ।
दोस्रो स्थानमा रहेको रियल मड्रिड शनिबार बराबरीमा रोकिएपछि बार्सालाई शीर्ष स्थानमा १० अंकको अग्रता बनाउने अवसर गुमाएको थियो । तर एल बिलाल टुरेले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्दा बार्सा पराजित भएको छ ।
यो बार्सिलोनाको लगातार दोस्रो हार हो । गत बिहीबार युनाइटेडसँग पराजित हुँदै टोली युरोपा लिगबाट बाहिरिएको थियो । युनाइटेडसँग पराजित हुनअघि बार्सा सबै प्रतियोगिताका पछिल्ला १८ खेलमा विजयी हुदैँ आएको छ । योसँगै ला लिगामा बार्साको लगातार ७ खेलको जीतको शृंखलामा पनि ब्रेक लागेको छ ।
२३ खेलपछि बार्सा ५९ अंकसहित लिगको शीर्ष स्थानमा छ । अल्मेरिया भने २५ अंकसहित लिगको १५ औँ स्थानमा रहेको छ ।



