प्रधानमन्त्री प्रचण्डद्वारा कतार भ्रमण रद्द


काठमाडौँ, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कतार भ्रमण रद्द गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डको फागुन १९ देखि २२ सम्मका लागि तय भएको कतार भ्रमणको कार्यक्रम आइतवार नै रद्द गरिएको हो ।

प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन त्यसतर्फ जाने तयारीमा थिए । राष्ट्रपतिको निर्वाचन लगायत राजनीतिक परिस्थितिको कारण भ्रमण रद्द भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जनाएका छन् ।

उनले भने, ‘राष्ट्रपतिको निर्वाचन तथा स्वास्थ्य अवस्थाको कारण प्रधानमन्त्रीको साटो उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ कतार जाने तयारी रहेको छ ।’

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार