काठमाडौं, १७ माघ । प्रहरीले राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङलाई पक्राउ गरेको छ ।
मंगलबार दिउँसो सिंहदरबारस्थित दक्षिण गेटबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले जानकारी दिए । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीकोविरुद्ध नाराबाजी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।
उनले शाहीलाई बुझाउन भनि लगेको भ्रष्टाचार सम्बन्धी उजुरी पनि दक्षिण गेटमै च्यातेर फालेका छन् ।


