जनकपुरधाम । जनकपुरधाममा घरमा आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकस्थित घरमा शनिबार राति अचानक आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो । आगलागीका क्रममा घरबाट बाहिर निस्कन नसकेपछि सहनीको जलेर मृत्यु भएको स्थानीयले बताएका छन् ।
महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी सहनी अवकाशप्राप्त शिक्षक रहेको बताइएको छ ।
आगलागीका बेला उनकी नातिनीले भने भागेर ज्यान जोगाउन सफल भएकी छन् । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।


