सिरहाबाट १५७ किलोभन्दा बढी गाँजा बरामद


सिरहा । सिरहाबाट प्रहरीले १५७ किलोभन्दा बढी प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीले औरही गाउँपालिका–४, इट्टाटारस्थित सीमा क्षेत्रबाट १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार बुधबार बिहान करिब १ः३५ बजे नेपालबाट अवैध रूपमा टाउकोमा बोकेर भारततर्फ गाँजा लैजाँदै गरेका व्यक्तिहरूले गस्ती टोलीलाई देखेपछि गाँजा छाडेर फरार भएका थिए।

गस्ती टोलीले घटनास्थलमा छाडिएको गाँजा नियन्त्रणमा लिएको हो। बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमनजंग थापाले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइएको जानकारी दिए।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार