मधेस प्रदेशका चार जिल्लाका सीमानाका तीन दिन बन्द हुने भएको छ । भारतीय सीमासँग जोडिएका प्रदेशका ४ जिल्लाका सीमा आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द हुने भएको हो ।
भारतमा जारी लोकसभा चुनाव अन्र्तगत विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि सीमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रदेशका सिरहा, धनुषा, सप्तरी तथा महोत्तरी जिल्लाका सीमानाका बन्द हुने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । आगामी सोमबार मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुदैछ ।
यसैबिच सोही निर्वाचनलाई लक्षित गरी नेपालको एकमात्र रेलवे सेवा तीन दिनका लागि बन्द हुने भएको छ । रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा भङ्गाह–जनकपुरधाम–जयनगर खण्डमा सञ्चालन हुने रेल सेवा तीन दिन बन्द रहने जनाइएको छ ।


