जनकपुरधाम । मुख्यमन्त्री सरोज कुमार यादवले नेपाल र भारत बिचको सम्बन्ध अतुलनीय रहेको बताएका छन् ।
स्वामी बिबेकानन्द साँस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौद्वारा नयाँ बर्षको अवसरमा जनकपुरधाममा आयोजित द्वितीय जनकपुरधाम साँस्कृतिक महोत्सव को उद्घाटन गर्दै मुख्यमन्त्री यादवले नेपाल भारत बिचको सम्बन्ध हिमाल भन्दा पनि उचो र समुद्र भन्दा पनि गहिरो रहेको उल्लेख गरे ।
नेपाल भारत बिचको सम्बन्ध दुई देशको सरकार भन्दा पनि जनता जनता बिच रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले भने,‘यो कुराको पुष्टि रामलालाको प्राण प्रतिष्ठा को बेला दुबै देशमा देखिएको हर्षोत्सवले गरि सकेको छ ।’
सिमा क्षेत्रमा सुरक्षा र राजस्वको नाँउमा केही वर्षयता सर्वसाधारणसंग सुरक्षाकर्मी हरुबाट भैरहेको व्यबहारले दुई देश बिचको सदियौ पुरानो सम्बन्धलाई नै खलल पु¥याउने कार्य भै रहेको उल्लेख गर्दै उनले त्यसमा सुधार ल्याउन नेपाल र भारत दुबै सरकार संग आग्रह समेत गरे ।
भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत डिएस मिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनकपुरधाम उपमहानगरक प्रमुख मनोज कुमार साह सहितका बक्ताहरुले साँस्कृतिक कार्यक्रमको सफलता को शुभकामना दिएका थिए । कार्यक्रममा सँस्कृती एवं अर्थ बिद डा. हरिवंश झाले माता जानकी लिला प्रसंग बारे चर्चा समेत गरेका थिए ।
महोत्सवमा दुई देशक नारीहरुको साझा पहिरण साडीको प्रदर्शनीका साथै विभिन्न किल्लाहरुको फोटो प्रदर्शनी गरिएको थियो ।


