जरिन खान विरुद्ध पक्राउ पुर्जी जारी


एजेन्सी, असोज ४ । बलिउड अभिनेत्री जरिन खानमाथि पक्राउ पुर्जी जारी भएको छ ।

जरिन अहिले फिल्मबाट टाढा रहेपनि उनी कुनै न कुनै कारणले चर्चामा भने आइरहन्छिन् ।

कहिले उनी आफ्नो व्यावसायिक जीवनका कारण चर्चामा आइन् भने कहिले निजी जीवनका कारण चर्चामा रहिरन्छिन् । यसैबीच उनी बारे अर्को एउटा खबर भारतीय समाचार माध्यमले प्रकाशित गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार कोलकाताको एक अदालतले जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनीमाथि ठगीको आरोप लागेको छ ।

सन् २०१६ मा जरिनविरुद्ध कोलकाताको नार्केलडांगा पुलिस स्टेशनमा ठगीको मुद्दा दर्ता भएको थियो।

प्रहरी स्रोतका अनुसार सन् २०१६ मा जरीन खान कोलकातामा एउटा कार्यक्रममा आउनु पर्ने थियो । दुर्गा पूजाको बेला कार्यक्रम भएको थियो । तर जरीन त्यो कार्यक्रममा आउन सकिनन् । उनको लागि सम्पूर्ण स्टेज र सबै तयारी गरिए पनि अन्तिम क्षणमा उनले सबैलाई धोका दिइन्।

कार्यक्रममा जरीन नआएपछि आयोजकले अभिनेत्रीविरुद्ध कोलकाताको नार्केलडांगा प्रहरी चौकीमा ठगीको मुद्दा दर्ता गराएका थिए । जरीन र उनको म्यानेजरको नाममा एफआईआर पनि दायर गरिएको थियो। दुवैलाई ४१ए सीआरपीसी अन्तर्गत एक नोटिस जारी गरिएको थियो जसमा उनीहरू दुवैलाई मुद्दाको सम्बन्धमा प्रश्न र उत्तरका लागि अनुसन्धान अधिकारी समक्ष उपस्थित हुनुपर्ने थियो।

स्रोतका अनुसार नायिका सूचनासहित प्रहरी चौकीमा अनुसन्धान अधिकृतसमक्ष हाजिर भएकी छिन् । उनले आयोजकले आफूलाई भ्रमित गरेको बताइन् । दुवैबीच एक किसिमको असमझदारी थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार