काठमाडौँ, भदौँ २७ । कमेडियन आदर्श मिश्रको मुख्य अभिनित गीत ’एकादेशको सहर’ बजारमा सार्वजनिक भएको छ ।
यस गीतमा सुरज महर्जनको स्वरमा सजिएको छ । शब्द रचना र निर्देशन समेत मिश्रकै रहेको छ ।
संयुक्ता महर्जनको निर्माण र राकेल मानन्धरको सहायक निर्देशन रहेको यस गीतको छायाङ्कन तथा सम्पादन विकास केसीले गरेका छन् ।
आदर्श मिश्र, महेन्द्र (मैन), निरज श्रेष्ठ र अर्चना श्रेष्ठको मुख्य भूमिका रहेको म्युजिक भिडियोमा हालको अवस्थामा जस्तोसुकै वर्गका व्यक्ति अन्तिममा आफ्नो भविष्य खोज्दै विदेशी भूमिमा पुग्नु परेको र तीनै बिदेशिएका व्यक्तिले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र धानिरहेको दृश्यमा देख्न सकिन्छ ।


