‘यस्तै हो लाइफ’को असार १५ बाट एपिसोड प्रिमियर हुने


काठमाडौं, १४ असार । नेपाली वेब सिरिज ‘यस्तै हो लाइफ’ असार १५ बाट पहिलो एपिसोड प्रिमियर हुने भएको छ ।

‘स्टुडियो आकार’ यूट्युब च्यानलमार्फत् आइरहेको सिरिजमा करिअरको खोजीमा रहेका ६ जना मित्रहरूको दिनचर्याको कथा समेटिएको छ । उनीहरू बीचको मित्रता, प्रेम तथा आत्मखोजको कथा यसमा छ । सिरिजका निर्देशक इलम दीक्षितका अनुसार ‘यस्तै हो लाइफ’ काठमाडौँका नयाँ पुस्ताको कथा हो ।

सिरिज आठ एपिसोडको हुनेछ । सबै एपिसोड एक साताभित्र अपलोड गरिने निर्देशक दीक्षितले बताए । निर्देशक दीक्षित र सानिया शाहले सिरिजको लेखन गरेका हुन् ।

सिरिजमा मेनुका प्रधान, दिव्य देव, सिर्जना रेग्मी, नम्रता सापकोटा, अमोद भट्ट र स्मिथ तामाङको मुख्य भूमिका छ । यस्तै, रमा थपलिया, लूनिभा तुलाधर र समीरमणि दीक्षित अतिथि कलाकारको भूमिकामा छन् ।

सिरिजका डीओपी श्याम तामाङ हुन् भने सम्पादन तुषार तण्डुकारले गरेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार