ऋत बास्केटबलमा १२० टोली


काठमाडौं, १ असार । ऋत एकेडेमीको आयोजनामा हुने दोस्रो ऋत एसइई कप थ्री अन थ्री बास्केटबल प्रतियोगितामा एक सय २० टोलीको सहभागिता रहने भएको छ ।

ब्वाइजतर्फ ९६ र गल्र्सतर्फ २४ टोलीले भाग लिने निश्चित भइसकेको जानकारी ऋतका प्रिन्सिपल आनन्दकुमार यादवले दिए ।

प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा अध्ययन गर्न छात्रवृत्ति पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि छात्रवृत्ति दिइने छ । विजेताले सात हजार नगद पुरस्कारसहित एक सय प्रतिशत छात्रवृत्ति पाउने छन् ।

यसैगरी उपविजेतालाई पाँच हजार रुपैयाँ नगदसहित ६० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । तेस्रो हुने टोलीका खेलाडीलाई तीन हजार पाँच सय रुपैयाँ नगदसहित ४० प्रतिशत छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी प्रतियोगिताको ‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । दुई दिने नकआउट प्रतियोगिताका खेलहरु बसुन्धरास्थित आयोजक ऋतको आफ्नै कोर्टमा खेलाइने छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार