दीवाकर भट्टराई ‘मायावी’ को तयारीमा


काठमाडौं, ३१ जेठ । ‘ऐश्वर्य’ फेम्ड निर्देशक दीवाकर भट्टराई नयाँ फिल्म ‘मायावी’ को तयारीमा जुटेका छन् ।

लभस्टोरी कथामा बन्न लागेको फिल्ममा दीपिका प्रसाईं (भट्टराई) र आशिर्वाद क्षेत्रीको जोडी रहने छ । आशिर्वादले फिल्म ‘नाईं नभन्नू ल ६’ बाट डेब्यू गरेका हुन् ।

आगामी असारबाट छायांकनमा जाने फिल्मको पटकथा निर्देशक भट्टराई स्वयंको हो । सम्पूर्ण छायांकन पोखरामा हुने फिल्मका लागि दीपिका र आशिवार्दबाहेक अरु कलाकार छनोट क्रममा छन् ।

फिल्मको बजेट २ करोड अनुमान गरिएको छ । फिल्ममा दीपिका र आशिर्वाद दुवै रोमान्टिक भूमिकामा प्रस्तुत हुने निर्देशक दीवाकरले बताए । उनले भने, ‘नाईं नभन्नू ल ६’ मा काम हेरेपछि आशिर्वादलाई फिल्ममा अनुवन्ध गरेको हो ।’

यस अगाडि भट्टराइले ‘तिमीसँगै हुने मन छ’ निर्माण घोषणा गरेका थिए । अहिले उक्त फिल्मपछि सार्दै यो अगाडि बढाएका हुन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार