काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने बताएका छन् ।
शनिबार कान्तिपुर मिडियाले काठमाडौँमा आयोजित हाफ म्याराथनको कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणले पनि सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने घोषणा गरेका छन् ।
उनले अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ सङ्कल्प सहित अगाडि बढेको बताए ।
उनले शीर्ष नेताहरूबीच हुने गरेका छलफललाई लिएर अनेक आशङ्का गरिएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्र हितमै केन्द्रित रहेको बताए ।


