सुनिल कटुवालको ‘झुम्कावाली’ सार्वजनिक


काठमाडौं, १ जेठ । पछिल्लो समय अस्ट्रेलिया बस्दै आएका गायक सुनिल कटुवालले नयाँ गीत ‘झुम्कावाली’ सार्वजनिक गरेका छन् ।

गीतको भिडियोमा नृत्य समूह भीमफेदी गाईजको सामूहिक नृत्यसँगै मोडल आभा थापाको पनि अभिनय छ । गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको सङ्गीत संयोजन, पवन सुस्लिङको छायाङ्कन तथा सम्पादन छ ।

भीमफेदी गाईजका निर्मलकुमार लामाको निर्देशन रहेको भिडियोमा अस्ट्रेलियाको छायाङ्कन राजीव बस्नेतले गरेका हुन् । भिडियोमा भीमफेदी गाईजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको गायक कटवालले बताए ।

उनले भने,‘झुम्कावालीले दर्शक श्रोताको मन जित्नेमा विश्वस्त छु ।’ गायक कटुवालको ‘कपुरी क’, ‘ताराबाजी लै लै’, ‘मुखैमा राम–राम’, ‘केटो अलि कमाउने होस’, ‘डाँडा कटौला’ लगायतका गीतहरू चर्चित छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार