विशेष प्रशिक्षणका लागि सुवास तामाङ अस्ट्रेलिया प्रस्थान


काठमाडौं, ३० बैशाख । नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप (एएसी)ले सञ्चालन गर्ने एएसी एकाडेमी प्रशिक्षणमा सहभागी हुन अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सुवासलाई शुभकामनासहित बिदाइ गरेका हुन् । सुवासले जेठ १ देखि ५ गतेसम्म मेलबर्नमा आयोजना हुने विशेष प्रशिक्षणमा सहभागिता जनाउने छन् ।

सुवास हाल विश्व एमेच्योर गल्फ वरीयतामा १८९औँ स्थानमा रहेका छन् । मेलबर्नमा सुवासले विज्ञहरूबाट सञ्चालन हुने गल्फ, खेल विज्ञान, फिटनेस लगायतका सेसनमा भाग लिनेछन् ।

आगामी अक्टोबर महिनामा रोयल मेलबर्न गल्फ क्लबमा आयोजना हुने एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपको तयारीका लागि खेलाडीहरूलाई विशेष प्रशिक्षण प्रदान गर्ने योजनाका साथ एएसी एकाडेमी आयोजना गरिएको जनाइएको छ ।

अक्टोबर २६ देखि २९ सम्म रोयल मेलबर्न गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा सुवास र सद्भाव आचार्यले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार