‘पर्खी बस’ बोलको गीत सार्वजनिक


काठमाडौं, २७ बैशाख । गीतकार हिरा काजी थापाको शब्दमा ‘पर्खी बस’ बोलको गीत सार्वजनिक भएको छ । रमेश सापकोटाको स्वर रहेको गीतमा विक्रम थापाको संगीत छ ।

कुशिल सिंहको एरेन्ज रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा आफ्नो प्रेमीलाई पर्खी बसेकी प्रेमीकाको त्याग र चोखो मायालाई देखाइएको छ ।

भिडियोमा मोडलद्वय विजय पुन मगर र मनीषा लामाको अभिनय छ । एक प्रेमील जोडीको चोखो मायाले भरिएको भिडियोको निर्देशन पनि गीतकार थापाले नै गरेका हुन् भिडियामा कोरियोग्राफी प्रमोद कुमार भण्डारीको छ ।

देव दोर्जे लामाको छायांकन रहेको भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार