जब अपहरणमा परे ‘एंग्री म्यान’


एजेन्सी, २५ बैशाख । ७० को दशकमा अमिताभ बच्चन फिल्महरूमा एक्सन दृश्यका लागि परिचित थिए । उनले बलिउडमा ‘एंग्री म्यान’को छवि पनि बनाएका थिए ।

एक पटक बिग बी अमेरिकाको बोस्टन गएका थिए, जहाँ ६ जना केटाको गिरोहले उनलाई अपहरण गरेको थियो । पछि ती गुण्डाहरूले उनको ब्रिफकेस, जसमा पैसा र राहदानी थियो, खोसेका थिए । यो अवधिमा उनलाई सहयोग गर्ने कोही थिएन ।

इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार अमिताभ बच्चनले सन् २००१ मा एक अन्तर्वार्ता दिएका थिए, जुन फेरि एकपटक चर्चामा छ । उनले त्यो अन्तर्वार्तामा आफू एकपटक बोस्टनमा अपहरणमा परेको खुलासा गरेका थिए । त्यहाँ एक दिन होटलको लबीबाहिर ६ जना केटाको समूहले उनीमाथि रंग फाले । त्यसपछि ती केटाहरूले बिग बीलाई सहयोग गर्ने नाटक गरे र उनको ज्याकेट सफा गर्ने बहानामा अपहरण गरे।

त्यसपछि उनको ब्रिफकेस खोसेर फरार भएका थिए । उनको ब्रिफकेसमा केही कागजपत्र, राहदानी र पैसा थियो । यस क्षणमा उनी पूर्ण रूपमा असहाय महसुस गर्दै थिए, किनकि उनलाई सहयोग गर्ने कोही थिएन। जब यो घटना भयो, उनी भारतमा सुपरस्टारका रुपमा चिनिन्थे । भारतमा मात्रै नभई विश्वमा पनि उनको लोकप्रियता थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार