केएल राहुल आईपीएल र टेस्ट च्याम्पियनसिपको फाइनलबाट बाहिर


एजेन्सी, २३ बैशाख । लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुल तिघ्राको चोटका कारण आईपीएल र अष्ट्रेलियाविरुद्धको जुनमा हुने भारतको विश्व टेस्ट च्याम्पियनसिपको फाइनलबाट बाहिरिएका छन् । उनले इन्स्टाग्राममार्फत आफूलाई शल्यक्रियाको आवश्यकता रहेको जानकारी दिएका हुन् ।

साथै, उनले अर्को महिना ओभलमा खेल्न नपाउँदा ‘पूर्ण रूपमा निराश’ भएको जिकिरसमेत गरे का छन् । ‘मेरो ध्यान आगामी हप्ताहरूमा मेरो रिकभरीमा हुनेछ,’ राहुलको पोस्टमा भनिएको छ, ‘यो निकै गाह्रो निर्णय हो, तर मलाई थाहा छ पूर्ण स्वस्थ हुन सुनिश्चित गर्नको लागि सही हो ।’

सोमबार रोयल च्यालेन्जर्स बैंगलोर विरुद्धको खेलको दोस्रो ओभरमा बल पछ्याउने क्रममा राहुलको दाहिने खुट्टाको टेन्डन च्यातिएको थियो । उनलाई मैदान बाहिर लैजान पनि मद्दत गर्नुपरेको थियो । १२७ रनको लक्ष्य पछ्याउँदा अप्रत्याशित रूपमा तनाव नहुँदासम्म उनी मैदानमा फर्किएनन् ।

३१ वर्षीय खेलाडी खेल जित्ने आशामा ११ नम्बरमा ब्याटिङ गर्न आए । तर उनले कुदेर रन लिन सकेनन् । जसका कारण अमित मिश्राले अन्तिम ओभरको प्रत्येक बलको सामना गर्नुपरेको थियो । गुजरातले सो खेल गुमाउन पुगेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार