शुक्रबार कोरोनाका १०३ नयाँ संक्रमित थपिए


काठमाडौं, १५ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा १०३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९२५ जनाको नमुनामध्ये ६२७ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २९८ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोनाको संक्रिय संक्रमितको संख्या ३७५ पुगेको छ भने संस्थागत आईशोलेशनमा २६ जना, आईसीयूमा ८ जना र एकजना भेन्टिलेटरमा उपरचाररत छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जना संक्रमणमुक्त भएर घर फर्किइसकेका छन् । संक्रमण बढेसँगै कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार